२ घण्टामा सगरमाथा क्षेत्र पुगी अवलोकन गर्ने व्यवस्था गरिने
अर्थमन्त्री जनार्दन शर्माले २ घण्टामा सगरमाथा क्षेत्रमा पुगी अवलोकन गर्न सक्ने व्यवस्था गर्ने बताएका छन् । आइतबार संघीय संसदमा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दै उनले सगरमाथा क्षेत्रमा जाने हालको मार्ग सुधार गर्न चतरा सगरमाथा द्रुतमार्ग विकास गरी सगरमाथामा दुई घण्टामा पुगी सगरमाथा क्षेत्रको अवलोकन गर्न सक्नेगरी पूर्वाधार निर्माण गरिने बताए ।
सगरमाथा क्षेत्रमा पर्वतारोहण, अनुसन्धान केन्द्र, शेर्पाहरुको साहसिक पहिचान झल्कने संग्रहालय स्थापना गरिने, ५ सय वर्षभन्दा पुराना गुम्बाहरूको संरक्षणका लागि हिमाली गुम्बा संरक्षण कार्यक्रम ल्याइने उनको भनाइ छ । मुक्तिनाथ र उपल्लो मुक्तिनाथलाई जोड्ने सडकको स्तरोन्नती गरिने मन्त्री शर्माले बताए । हिमाली क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि सडक सुधार, इन्टरनेटको व्यवस्था लगायतका काममा लागि आवश्यक बजेट व्यवस्था गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
-
अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु