मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

संस्कृति संरक्षण गर्न उपमेयर शाक्यलाई सत्यमोहनको सुझाव

आइतबार, १५ जेठ २०७९, १६ : ०५
आइतबार, १५ जेठ २०७९

वाङ्‍मय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले संस्कृति अध्ययन कार्यलाई प्राथमिकतामा दिन आग्रह गरेका छन् । ललितपुर महानगरपालिकाको उपमेयरमा निर्वाचित भएपछि आइतबार आफूलाई भेट्न आएका मञ्जली शाक्य (आस्था) लाई शुभकामना  दिँदै उनले सो आग्रह गरेका हुन् । 

अहिले मूर्त र अमूर्त संस्कृति संरक्षणको बहस तत् संस्कृति निरन्तरताको लागि अक्षयकोष स्थापनामा मात्र सीमित भएको स्थितिमा अब महानगरपालिकाले संस्कृति संरक्षणको बहस संस्कृति सम्बन्धी अध्ययन गर्न युवापुस्तालाई प्रोत्साहित गर्नुपर्ने संस्कृतिविद् जोशीको भनाइ थियो। हरेक वर्ष ललितपुरमा सञ्चालन हुने कार्तिक नाचको मुख्य र आकर्षक रहेको नरसिंह नाच विश्वकै एउटा दुर्लभ वियोगान्त नाटक रहेको उल्लेख गर्दै त्यसबारे लेखिएको नाटकबारे जानकारी दिँदै उनले भन्नुभयो ‘ विश्वमा अधिकांश वियोगान्त नाटक ग्रीक साहित्यमा रहेको छ । कार्तिक नाच त्यस्तै वा सो भन्दा अनुपम र रहेको वियोगान्त नाटक हो । त्यसको उचित प्रचारप्रसार गर्नुपर्दछ ।’

सो अवसरमा उपमेयर शाक्यले ललितपुरको संस्कृति, सम्पदा संरक्षण र प्रवर्द्धन गर्न आफूले सशक्त र नतिजामुखी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन्  । उपमेयर शाक्यले ललितपुरका पूर्व मेयर बुद्धिराज बज्राचार्य, नेपालका अग्रणी वामपन्थी महिला नेतृ स्नेहलता श्रेष्ठसँग भेट गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप