शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सनराइज क्यापिटलले ल्यायो निःशुल्क डिम्याट खाता खोल्ने सुविधा

आइतबार, १५ जेठ २०७९, १५ : १५
आइतबार, १५ जेठ २०७९

सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ ।  क्यापिटलले “नेपाल सरकारको एक नेपाली एक डिम्याट खाता” अभियानलाई सार्थक बनाउने उद्देश्यसहित जेठ १६ गतेदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो । 

क्यापिटलको यस सुविधा तथा अभियानबाट विशेषत पूँजी बजार बाहिर रहेका गृहणी, विद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई विशेष फाईदा पुग्नुका साथै सर्वसाधारण व्यक्तिहरुमा डिम्याट खाताको पहुँचमा वृद्धि हुने कम्पनीले विश्वास लिएको छ । सर्वसाधारणलाई लक्षित गरि ल्याइएको यस्ता कार्यक्रमले सर्वसाधारणहरुलाई पूँजी बजारमा प्रवेशका लागि अवसरका साथै समग्र बजारमा लगानी वृद्धिलाई समेत सहयोग पुग्ने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप