
गौर कारागारमा रहेका ८ जना कैदीले पाए आममाफी

१५ औं गणतन्त्र दिवसको अवसरमा रौतहटको गौर कारागारमा बन्दी जीवन बिताइरहेका ८ जना कैदीले आममाफी पाएका छन । कर्तव्य ज्यान ,ज्यान मार्ने उधोग तथा सवारी ज्यान मुद्दामा गौर कारागारमा सजाय काटी रहेका ८ जना कैदी नेपाल सरकारको सिफारिसमा आममाफी पाएका हुन् ।
सवारी ज्यान मुद्दामा कैदी जिवन बिताइरहेका बाराका बलिराम दास,नितेस राम,गुडु प्रसाद यादव,रौतहट राजपुरका शेख मुसर्रफ,चन्द्रपुर सन्तपुरका अजय चौधरीले आममाफी पाएका छन् ।
त्यसैगरी ज्यान मार्ने उधोग मुद्दामा कैदी जीवन बिताइरहेका रौतहट राजपुरका सौद मिंया,बहुबिवाह मुद्दामा रहेका सर्लाहीका चन्देश्वर प्रसाद सिंह ,कर्तव्य ज्यान मुद्दामा रहेका रौतहट राजपुरका शेख अब्दुल खालिदले आममाफी पाएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ