शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लमजुङमा १० महिनामा ६३५ घरेलु उद्योग दर्ता

आइतबार, १५ जेठ २०७९, १४ : ३६
आइतबार, १५ जेठ २०७९

घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा  १० महिनाको अवधिमा ६३५ वटा घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष ०७८/०७९ को साउनदेखि वैशाख महिनाको अवधिमा सो संख्यामा घरेलु उद्योग दर्ता भएका कार्यालय प्रमुख मीताकुमारी थापाले बताइन् । उनका अनुसार यस अवधिमा २५३ वटा घरेलु उद्योगको नवीकरण भएको छ । 

वाणिज्यतर्फ ३७५ नया दर्ता भएका छन् भने ३५८ वटा नवीकरण भएको छ । गत आर्थिक वर्षको साउनदेखि असारसम्ममा ९७० घरेलु उद्योग दर्ता भएको थियो । आव ०७७/२०७८ मा ३६९ उद्योग नवीकरण गरिएका छन् । वाणिज्यतर्फ एक वर्षको अवधिमा ६४० नयाँ दर्ता भएका छन् । त्यस्तै, ५५८ नवीकरण गरिएको घरेलु कार्यालयले जनाएको छ ।

आव २०७६/०७७ मा ६६९ नयाँ घरेलु उद्योग दर्ता भएको उक्त कार्यालयले जनाएको छ । आव ०७५/७६ मा जम्मा ४६८ मात्रै कार्यालयमा घरेलु उद्योग दर्ता गरिएका थिए । त्यस्तै, ८७ घरेलु उद्योग नवीकरण भएको थियो ।  सो अवधिमा वाणिज्यतर्फ ६२९ दर्ता भएका छन् भने नवीकरण १५७ भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप