अमेरिकी राष्ट्रपति, संसद् र सर्वोच्च अदालतले बन्दुक आक्रमण रोक्न सक्दैन कि रोक्न चाहँदैन ?
![अमेरिकी राष्ट्रपति, संसद् र सर्वोच्च अदालतले बन्दुक आक्रमण रोक्न सक्दैन कि रोक्न चाहँदैन ?](https://rpcdn.ratopati.com/media/albums/pair_of_shoes_in_front_of_US_congress_representing_no_of_children_killed_in_gun_violence_NY2xEl2oQY.jpg)
अमेरिकामा बन्दुक हिंसाको चक्र दुःखद्, पूर्वानुअनुमान गर्न सकिने र स्थायी प्रकृतिको छ । स्थायी किनभने राष्ट्रपतिसँग यसलाई रोक्ने शक्ति छैन । संसद् अल्पसङ्ख्यकको शासनका कारणले निस्क्रिय प्रायः छ । सङ्घीय अदालत बन्दुकमाथिको पहुँच घटाउनेभन्दा बढाउने पक्षमा देखिन्छ । उसले राज्य स्तरमा बनेका कैयौँ कठोर कानुनलाई निष्क्रिय बनाउने काम गरिरहेको छ ।
अमेरिकी समाज बन्दुकको विषयलाई लिएर विभाजित छ । एक हिस्सा बन्दुकको सङ्ख्या घटायो भने यो समस्या समाधान हुन्छ भन्ने सोचाइमा छ भने अर्को हिस्सा सबैलाई बन्दुक दिए मात्र खराब बन्दुकधारीलाई रोक्न सकिने ठान्छ ।
मजस्ता पत्रकारले भने समस्या सम्बोधनबारे नयाँ लेख लेख्न छाडिसकेका छन् । हरेक पटक बन्दुक आक्रमणपछि अघिल्लो आक्रमणमा लेखिएका लेख हुबुहु छापिदिँदा खासै फरक पर्दैन । बीचमा केही परिवर्तन भएकै हुँदैन ।
अमेरिकामा जहाँ पनि बन्दुक हिंसा हुनसक्छ भन्ने कुरामा सबै सचेत छन् । विद्यालय, चर्च, सुपरमार्केट, खेल मैदान लगायत बन्दुक आक्रमण नभएको कुनै ठाउँ छैन । देशका हरेक उमेर समूह र समुदाय बन्दुक आक्रमणको सिकार हुने गर्छन् ।
सन् २०२१ मा अमेरिकामा १७ वर्षभन्दा मुनिका बालबच्चा कोभिड (१,०७०) ले भन्दा बढी बन्दुक (१,५६०) बाट मारिए ।
शक्तिहीन राष्ट्रपति
राष्ट्रपति जो बाइडेनले हालसम्म ब्युरो अफ अलकोहल, टोबाको, फायर आर्म एन्ड एक्प्लोसिभको निर्देशकसम्म चुन्न सकेका छैन ।
राष्ट्रपति पदमा आएको डेड वर्षमा उनले प्रस्ताव गरेका पहिलो उम्मेदवार बन्दुक नियन्त्रण पक्षधर समूहसँग आबद्ध रहेको खुलेपछि पछि हटे । उनको दोस्रो प्रस्ताव स्टिभ डेटेलबाचको केही दिनमा सुनुवाइ हुँदैछ ।
अहिले बाइडेन उनको अधिकार क्षेत्रमा रहेको शक्ति प्रयोग गरेर घरमै जोडजाड गरेर बनाइने हतियारलाई नियन्त्रण गर्ने प्रयास सुरु गर्दैछन् । तर अधिकांश आक्रमणमा प्रयोग हुने बन्दुकबारे उनी केही गर्न सक्दैनन् ।
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले विद्यमान कानुनलाई पुनरपरिभाषित गरेर मेसिनगन राख्न दिन व्यवस्थालाई रोक्ने प्रयास गरेका थिए ।
सन् २०१७ मा लसभेगासमा ५८ मानिसको ज्यान लिने गरी भएको बन्दुक आक्रमणमा यस्तै बन्दुकको प्रयोग भएपछि उक्त प्रयास गरिएको थियो ।
अहिले बन्दुक अधिकारका पक्षधर समूहले सो कानुनविरुद्ध मुद्दा दायर गरेको छ ।
निस्क्रिय सिनेट
सन् २०१२ को ‘स्यान्डी हुक एलिमेन्टरी स्कुलको बन्दुक आक्रमण’पछि अमेरिकाका दुवै दलका बहुसङ्ख्यक सिनेटरले बन्दुक खरिद गर्न चाहनेको पृष्ठभूमि जाँच गर्ने विधेयकमा सहमती जनाए ।
त्यसमा परिवारका सदस्यबीच हुने खरिदबाहेक सबै खरिदअघि व्यक्तिको पृष्ठभूमि जाँच गर्नुपर्ने व्यवस्था गरिएको थियो । तर विधयेक दुवै दलका अल्पसङ्ख्यक सिनेटरको विरोधका कारणले पास हुन सकेन ।
अमेरिकी सिनेटमा अहिले कुनै पनि कानुन पास हुन बहुमतले मात्रै पुग्दैन, ६० सिनेटरको साथ चाहिने स्थिति छ । निकट भविष्यका कुनै चुनावमा एउटै पार्टीले यति सिट जित्ने सम्भावना कम छ ।
अदालत रोक्छ, बन्दुक नियन्त्रण गर्ने कानुन
अमेरिकामा कठोर खालको बन्दुक नियन्त्रणसम्बन्धी कानुन राज्य स्तरमा लागू हुनेगर्छ । तर तिनलाई पनि सङ्घीय अदालतले खारेज गरिदिन्छन् ।
क्यालिफोनिर्याले २१ वर्षमुनिका मानिसलाई सेमी–अटोमेटिस बन्दुक बिक्रीमा प्रतिबन्ध लगाउने कानुन ल्याएको थियो ।
यही महिना सर्वोच्च अदालतका एक न्यायाधीशले सयौँ वर्षअघिको क्रान्तिमा बन्दुक बोकेका युवाले गरेको कामको उल्लेख गर्दै उक्त कानुन खारेज गरिदिए ।
अमेरिकाको सर्वोच्च अदालतका निर्णयहरू अमेरिकी सडकमा बन्दुक बोक्ने सङ्ख्या बढाउन सहयोगी छ ।
अमेरिकी संविधानको दोस्रो संशोधनले नागरिकलाई बन्दुक राख्न पाउने अधिकार दिएको छ । केही मानिस बन्दुक बोक्न पाउने अधिकारलाई संविधानले जीवन, स्वतन्त्रता र कल्याणको चाहना बराबर नै मानेको विश्वास गर्छन् ।
अहिलेको बहुसङ्ख्यक कन्जरभेटिभ न्यायाधीश रहेको सर्वोच्च अदालत पनि यही विचारबाट प्रेरित भएझैँ देखिन्छ ।
कस्तो छ बन्दुक नियन्त्रणप्रति जनताको धारणा
हालैको ग्यालोप सर्वेक्षणमा अमेरिकी जनसङ्ख्याको झिनो बहुमतले बन्दुक बिक्रीमा कठोर व्यवस्थाको समर्थन गरेको देखियो ।
त्यस्तै गत वर्ष एबीसी न्युज र द वासिङ्टन पोस्टले गरेको मत सर्वेक्षणमा आधा जनसङ्ख्या कठोर कानुन र नियमनले अमेरिकामा हिंसात्मक अपराध घट्छ भन्ने पक्षमा थिएनन् । तर ठूला बन्दुक आक्रमणपछि आमधारणा बन्दुक नियन्त्रणको पक्षमा ढल्किन्छ । जस्तो ‘मारजोरी स्टोनम्यान डग्सल हाई स्कुल’को बन्दुक आक्रमणपछि गरिएको ग्यालप मत सर्वेक्षणमा ६७ प्रतिशत मानिस कठोर कानुनको पक्षमा देखिएका थिए ।
गत वर्ष प्यु रिसर्च सेन्टरले गरेको बृहत्तर सवेक्षणमा ८७ प्रतिशत मानिसले मानसिक बिरामीहरुलाई बन्दुक खरिदमा नियन्त्रण गर्नुपर्ने र ८१ प्रतिशत निजी बन्दुक बिक्री तथा बन्दुक प्रदर्शनीमा गरिने बिक्रीमा पनि खरिदकर्ताको पृष्ठभूमि परीक्षण गर्नुपर्ने पक्षमा थिए ।
प्यु रिसर्चको विश्लेषणमा ६४ प्रतिशतले १० राउन्डभन्दा बढी गोेली प्रयोग हुने म्यागजिनयुक्त बन्दुक बिक्री प्रतिबन्ध लगाउनुपर्ने पक्षमा थिए । त्यस्तै ६३ प्रतिशत मानिस एसोल्ट–स्टाइल हतियार प्रतिबन्धको पक्षमा देखिएका थिए ।
अमेरिकामा एकदम कम जनसङ्ख्या मात्र बन्दुक स्वामित्व अन्त्यको पक्षमा छ ।
यी सबै पक्षलाई ख्याल गर्दा बन्दुक आक्रमणपछि केही न केही गर्नुपर्ने माग उठ्ने गरे पनि अमेरिकी सरकार केही गर्न सक्ने स्थितिमा देखिँदैन । जबसम्म उल्लेखित कुनै एक वा सबै परिस्थिति बदलिँदैन र अमेरिकामा मानिसभन्दा धेरै बन्दुक आम जनताबीचमा रहन्छ, बन्दुक हिंसाको चक्र चलिरहन्छ ।
सीएनएनबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन
-
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, तराई र उपत्यकामा हुस्सु, गण्डकीमा हिमपातको सम्भावना
-
तीन महिनामा प्राधिकरणको नाफा नौ अर्ब ११ करोड ३२ लाख
-
‘एलिमिनेटर’ मा भिड्दै चितवन राइनोज र कर्णाली याक्स
-
कोपा इटालिया : युभेन्ट्सको फराकिलो जित, क्वार्टरफाइनल भिडन्त एम्पोलीसँग