बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गोताखोरले बचाए १२ मिटर लामो ह्वेलको ज्यान, ह्वेलले भन्यो, ‘धन्यवाद’ !

आइतबार, १५ जेठ २०७९, १३ : ५३
आइतबार, १५ जेठ २०७९

ह्वेल समुद्रको सबैभन्दा ठूलो जीवमध्ये एक हो तर कहिलेकाँही यी विशाल स्तनधारी पनि समस्यामा फस्ने गर्छन् । ताजा घटना मलोरकाको बेलिएरिक द्वीपको हो, जहाँ १२ मिटर लामो एउटा हम्पब्याक ह्वेल शिकारीको जालमा फस्यो । यो ह्वेललाई स्पेनको गोताखोरले बचाएका छन् । यो रेस्क्यू अपरेशन पानी मुनी तीब्र बहावमा गरिएको थियो ।

यो उद्धारकार्यको विशेष कुरा के छ भने ह्वेलले जालबाट स्वतन्त्र भएपछि गोताखोरसँग जस्तो व्यवहार गरे, यस्तो लागिरहेको थियो कि ह्वेलले आफ्नो भाषामा उनीहरुलाई धन्यवाद दिइरहेको थियो ।

रेस्क्यू मिसनमा समावेश, ३२ वर्षको गोताखोर र समुद्री जीवविज्ञानी (मराइन बायोलोजिस्ट) गिगी टोरसले भने, ‘यो रेस्क्यू मिसन निकै अचम्मको थियो । ह्वेलले जुन गर्यो त्यो निकै अपत्यारिलो थियो । जब बेलिएरिक आइल्याण्ड आसपास कुनै हम्पब्याक ह्वेल देखिएको थियो ।’

जालमा नराम्रोसँग फसेको थियो ह्वेल

ह्वेल निकै कमजोर हालमा थियो । यसलाई मलोरकाको पूर्वी तटभन्दा करिब ४.८३ किलोमिटर टाढा एक जहाजबाट देखिएको थियो । त्यसपछि उद्धार टोली तुरुन्त क्रियाशील भए । उद्धार टोलीले ह्वेललाई नराम्रोसँग जालमा फसेको पाए । स्थिति यस्तो थियो कि ह्वेलले आफ्नो मुखसमेत खोल्न सकिरहेको थिएन ।

सुरुमा एउटा डुङ्गामा बसेर जाल काट्ने प्रयास गरियो तर सम्भव होलाजस्तो नदेखेपछि अल्बाट्रोस र स्काउलो डाइभिङ सेन्टरका गोताखोर पनि ह्वेलको उद्धारकार्यमा समावेश भए । जाल काट्नका लागि गोताखोर आफ्नो चक्कु लिएर पानीमा हाम फाले । यो उद्धारकार्य ४५ मिनेटसम्म चलेको थियो ।

डराएको थियो ह्वेल

समुद्री जीव विज्ञानी तथा अल्बाट्रोसकी मालिक गिगी टोरसले पूरा घटनालाई श्रृङ्खलाबद्ध तरिकाले बताइन् । उनले भनिन्, ‘सुरुको १० सेकेन्ड ह्वेल थोरै डराएको थियो । ह्वेललाई आफ्नो उद्धार हुन लागेको थाहा भएपछि ऊ अलिकति रिल्याक्स भयो । हामीले उसको मुखको तर्फबाट जाल काट्न सुरु गर्यौँ । हामी जाली काटिरहेका थियौँ र उसले हाम्रो सहयोग गरिरहेको थियो । जाली काटेलगत्तै ह्वेलको शक्ति फर्कियो ।’

ह्वेलले आफ्नै तरिकाले भन्यो ‘धन्यवाद’

टोरस थप्छिन्, ‘ह्वेलले चारैजना गोताखोरलाई हेर्यो र यसरी इशारा गर्यो कि उसले ‘धन्यवाद’ भनिरहेको छ । त्यसपछि ऊ त्यहाँबाट गयो । ’

गिगीले असाध्यै खुसी हुँदै भनिन्, ‘ह्वेलले त्यहाँबाट जानु अघि जुन इशारा गर्यो त्यो मेरा लागि जन्मदिनको अभूतपूर्व उपहार थियो । यो मेरो जीवनको सबैभन्दा शानदार पल थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप