बेपत्ता तारा एयरको विमान १०: ०७ सम्म जोमसोम टावरसँग सम्पर्कमा : नागरिक उड्डयन प्राधिकरण

नेपाल नागरिक उड्डयन प्राधिकरणले हराइरहेको तारा एयरको विमान उडेको १२ मिनेटसम्म सम्पर्कमा रहेको जनाएको छ । प्राधिकरणले आइतबार दिउँसो विज्ञप्ति जारी गर्दै आइतबार पोखराबाट स्थानीय समयअनुसार बिहान ०९ः ५५ बजे जोमसोमको लागि उडेको थियो । १९ जना यात्रु र ३ जना चालक दलका सदस्यसहित उडेको तारा एयरको ट्वीनअटर 9NAET विमान अन्तिम पटक जोमसोम टावरसँग १०ः ०७ वजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो ।
सो पश्चात उक्त विमान सम्पर्क विहिन भएको प्राधिकरणले जनाएको छ । विमानको बारेमा खोजतलासका लागि फिस्टेल एयरको हेलिकप्टरलाई त्यसतर्फ पठाइएकोमा प्रतिकूल मौसमको कारणले उक्त हेलिकप्टर पुनः जोमसोम नै फर्किएको पनि प्राधिकरणले जनाएको छ ।
काठमाडौं, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धार कार्यको लागि थप हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको र मौसममा सुधार आउनासाथ हवाई मार्गबाट खोज कार्य पुनः शुरु गरिने प्राधिकरणले जनाएको छ । हराएको विमान खोज्न स्थलमार्गबाट समेत नेपाली सेना र नेपाल प्रहरी त्यसतर्फ प्रस्थान गरिसकेको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल लिकर्स प्रालिले ४६औं वार्षिकोत्सव मनायो
-
मिसन ८४ भनेको एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्नु हो : प्रधानमन्त्री
-
कालीगण्डकी डाइभर्सन हुन सक्दैन: मुख्यमन्त्री पाण्डे
-
साढे ३३ करोड भ्रष्टाचार प्रकरण : टेलिकमको बिलिङ सिस्टम प्रकरण के हो ?
-
आप्रवासीको प्रदर्शनपछि अमेरिकाको लस एन्जलसमा तनाव, २ हजार नेसनल गार्ड तैनाथ
-
विद्या भण्डारी एमालेमा फर्किने हल्लाबारे प्रधानमन्त्री ओलीले के भने ?