शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनका १८ कैदीले पाए आममाफी

आइतबार, १५ जेठ २०७९, १२ : ३०
आइतबार, १५ जेठ २०७९

पन्ध्रौँ गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालय भरतपुरमा रहेका १८ कैदीले आम माफी पाएका छन् । १५ पुरुष र तीन महिलाले आममाफी पाएका हुन् ।  कार्यालयका प्रमुख कमलप्रसाद आचार्यकाअनुसार आममाफी पाउनेमा सवारी ज्यान मुद्दाका चार, कर्तव्य ज्यान मुद्दाका पाँच, चोरी मुद्दाका पाँच र बहुविवाहका चार रहेका छन् । उनीहरुमध्ये १५ जना ५० प्रतिशत कैद भुक्तान गरेका र तीन जना ४० प्रतिशत कैद भुक्तान गरेका रहेका छन् । 

आचार्यका अनुसार असल चालचलन भएकालाई आममाफीमा लागि सिफारिस गर्ने गरिन्छ । विभिन्न अवसर पारेर गरिने सिफारिसमा राष्ट्रपतिमार्फत आममाफी दिने प्रचलन रहेको छ ।  यस कारागारमा दुई आश्रित बालिकासहित ७४१  कैदी बन्दी छन् । २५५ को क्षमता रहेको पुरुष बन्दी गृहमा हाल ६८७ र २५ को क्षमता रहेको महिला बन्दी गृहमा ५२ रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप