बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काँग्रेसबाट १३ हजार ७४८ जनप्रतिनिधि निर्वाचित

आइतबार, १५ जेठ २०७९, १२ : २७
आइतबार, १५ जेठ २०७९

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट हालसम्म १३ हजार ७४८ जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार पालिकाहरुको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएका हुन् । 

मतगणना सम्पन्न भएका पालिकाहरुमा सबैभन्दा बढी जनप्रतिनिधि कांग्रेसबाट निर्वाचित भएको आयोगले जनाएको छ । आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । कुल ३५ हजार २२१ जना जनप्रतिनिधिको लागि निर्वाचन गरिएको थियो । निर्वाचनमा विभिन्न दल र स्वतन्त्र गरी १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए । 

आयोगका अनुसार प्रमुखमा १४०, अध्यक्षमा १८८, उपप्रमुखमा ११०, उपाध्यक्षमा १९०, वडाध्यक्षमा २ हजार ६६३, महिला सदस्यमा २ हजार ६०४, दलित महिला सदस्यमा २ हजार ५४९ र सदस्यमा ५ हजार ३०४ जना जनप्रतिनिधि कांग्रेसबाट विजयी बनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप