मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आईपीएल फाइनल : गुजरात या राजस्थान कसले जित्ला उपाधि ?

आइतबार, १५ जेठ २०७९, १२ : २२
आइतबार, १५ जेठ २०७९

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनल खेल आज (आइतबार) हुँदैन । अहमाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने उपाधि भिडन्तमा गुजरात टाइटान्स र राजस्थान रोयल्स प्रतिस्पर्धा गर्दैछन् । दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ८ १५ बाट सुरु हुनेछ । पहिलो सिजन खेलेर फाइनल पुग्न सफल गुजरात उपाधि जित्दै इतिहास रच्न चाहन्छ ।

गुजरातले यो सिजनबाट आइपीएलमा डेब्यू गरेको हो । त्यसैले पहिलो सिजन नै उपाधि आफ्नो पक्षमा पार्ने गुजरातको योजना छ । यता राजस्थान पनि आजको खेलमा सजह जित निकाल्दै प्रतियोगिताको दोस्रो उपाधि जित्ने योनजामा छ । राजस्थानले सन् २००८ मा उपाधि जितेको थियो ।

त्यसैले राजस्थानलाई उपाधि जित्ने मौका छ । दुई टोलीबीच यसै सिजन भएका दुई खेलमा गुजरातले जित निकालेको थियो । लिग चरणको खेलमा राजस्थानमाथि ३७ रनको जित निकालेको गुजरातले पहिलो क्वालिफायर्समा ७ विकेटको जित निकालेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप