वडा अध्यक्ष भन्छन्– यस्तो मौसममा पनि विमान आएछ भन्यौं, पछि त विमान हराएको खबर आयो
पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको विमान अझै फेला पर्न सकेको छैन । सो विमान मुस्ताङकै थासाङ गाउँपालिका आसपास बेपत्ता भएको बताइएको छ । थासाङ–५ का वडा अध्यक्ष रुपेश तुलाचनले विमान आएको आवाज आफूहरुले सुनेको तर केहीबेर मै सो विमान हराएको खबर पाएको बताए ।
रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘बिहान हवाईजहाज आएको आवाज सुनेको हो । मैले बुढीसँग कुरा पनि गरेँ– यस्तो मौसममा पनि प्लेन आए छ है भनेर । पछि त हरायो भनेर खबर आयो ।’ प्रहरीसँग समन्वय गर्दा हाम्रै ठाउँ (लेते, कुञ्जो) तिर सो विमान हरायो भनेर हल्ला आए पनि अहिलेसम्म कहाँ हो, के भयो भन्नेबारे टुंगो नलागेको उनले बताए ।
‘वारीपारीको ठाउँमा बस्ने गोठालाहरूसँग फोन गरेर सोध्दा पनि त्यस्तो केही थाहा नभएको भन्छन्,’ उनले भने, ‘अहिले अत्यन्तै बाक्लो कुहिरो लागेको छ, प्रतिकुल मौसमका कारण केही मिटर टाढासम्म पनि देख्न सकिने अवस्था छैन ।’
यस्तो अवस्थामा कसरी विमान आयो भनेर आफूहरु चकित भएको भन्दै उनले खोजी कार्य गर्नका लागि पनि अहिले मौसम प्रतिकुल रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान