बेपत्ता तारा एयरको जहाजमा ६ विदेशी यात्रु थिए सवार
आइतबार, १५ जेठ २०७९, ११ : ४५

१९ यात्रुसहित पोखराबाट जोमसोम उडेको तारा एयरको जहाजमा ६ विदेशी यात्रु रहेको खुलेको छ । १९ यात्रुमध्ये जहाजमा ४ जना भारतीय २ जर्मन नागरिकसहित ६ विदेशी र १३ नेपाली यात्रु रहेको पाइएको हो ।
उक्त विमान मुस्ताङको लेतेमाथि टिटी ताल क्षेत्रमा दुर्घटना भएको आशंका गरिएपनि त्यसको पुष्टि भैसकेको छैन । यद्यपि नेपाल प्रहरीले सम्पर्कविहीन भएको जहाजको खोजी कार्य सुरु भएको जनाएको छ ।
। तारा एयरको ९ एन–एइटी जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडान भएरेका थिए । चालक दलका सदस्य इताशव घिमिरे र किश्मी थापासहित सो जहाज ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता : भलिबलतर्फ बझाङ र कैलालीलाई उपाधि
-
फास्ट ट्र्याकमार्फत प्रोफेसर नियुक्ति रोक्न माग गर्दै ज्ञापनपत्र
-
प्रतिनिधिसभाको बैठक साेमबारसम्मका लागि स्थगित
-
घरधनी आफैँले हटाउन थाले जडीबुटी-पेप्सीकोला सडकका अवैध संरचना (तस्बिरहरू)
-
कोशी गाउँपालिकाका अध्यक्षद्वारा सुरक्षाकर्मीमाथि गालीगलौज, तीन वटा मुद्दा चलाउने तयारीमा प्रहरी
-
संसद्को गतिरोध खुलाउने विषयमा दलहरूबिच सकारात्मक छलफल भयाे : प्रचण्ड