अपडेट : यी हुन् तारा एयरको विमानमा सवार चालक दलका सदस्यसहित २२ यात्रु

पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको छ । आइतबार विमान १० बजेर १५ मिनेटमा जोमसोमका लागी टेकअफ भएको थियो ।
तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएर धौलागिरि मोडिएपछि सम्पर्क बिहिन भएको बताइएको छ । बिमानको खोजीका लागी सुरक्षाकर्मीलाई स्ट्याण्डबाई राखिएको छ । विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए ।
विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।
यस्तै विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेस किस्मी थापा थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक विस्तारका क्रममा १४ वर्षदेखि रोकिएको जग्गाको मुआब्जा दिने विषयमा छलफल
-
सीसी क्यामेरा बन्द गरी डिजेल चोर्ने आयल निगमका कर्मचारीसहित ५ जनाविरुद्ध मुद्दा
-
पतञ्जली प्रकरण : कसरी अघि बढ्छ पूर्व प्रधानमन्त्री नेपालविरूद्धको भ्रष्टाचार मुद्दा ?
-
दुर्गा प्रसाईंको तर्फबाट डा.सुरेन्द्र भण्डारीसहित ४ जना कानुन व्यवसायीले गरे बहस
-
लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता पश्चिम नवलपरासीमा हुने
-
टेलिकमको बिलिङ ठेक्कामा अर्यालसहित २३ जनालाई यसकारण चलाइएन मुद्दा