सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

१५ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

आइतबार, १५ जेठ २०७९, १० : ५४
आइतबार, १५ जेठ २०७९

आज १५ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस नेपालसहित विश्वभर सर्वोच्च शिखर सगरमाथाको बारेमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।  सगरमाथा विश्वको सर्वोच्च शिखर, नेपालको गौरव भन्ने नारासहित यस वर्ष सगरमाथा दिवस मनाउन लागिएको हो । 

सन् १८३० को दशकमा बेलायती भूगोलविद् जर्ज एभरेष्टको नेतृत्वमा हिमशिखरको विस्तृत सर्वेक्षण गर्ने शुरुवात भएसँगै सन् १८४७ मा विश्वकै सर्वोच्च हिमालको रुपमा सगरमाथाको पहिचान जोडिएको थियो । सन् १९५३ मे २९ का दिन तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथाको शिखर चुम्न सफल भएको दिनलाई २००८ देखि सगरमाथा दिवसको रुपमा मनाउन थालिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप