शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एन्सेलोटी चार च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षक

आइतबार, १५ जेठ २०७९, १० : ३३
आइतबार, १५ जेठ २०७९

स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी ४ पटक च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् ।​ एन्सेलोटी ५ युरोपियन लिग जित्ने पहिलो प्रशिक्षक बनेका थिए ।  युरोपको शीर्ष पाँच लिगको उपाधि जित्ने पहिलो प्रशिक्षकको रेकर्ड पनि उनको नाममा छ ।

रियलले शनिबार राति प्रिमियर लिग क्लब लिभरपुललाई हराउँदै २०२१÷२२ को च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।​ रियललाई उपाधि दिलाएसँगै एन्सेलोटी चार च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षक बनेका हुन् ।

यसअघि प्रशिक्षक एन्सेलोटीले एसी मिलानलाई दुई पटक र रियललाई नै एक पटक उपाधि दिलाएका थिए । मिलानलाई एन्सेलोटीले सन् २००२÷०३ र २००६÷०७ को सिजन उपाधि दिलाएका थिए ।  यस्तै २०१३÷१४ को सिजन रियललाई एन्सेलोटीले उपाधि दिलाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप