बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

१५ लाख १२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्यो

आइतबार, १५ जेठ २०७९, १० : ३१
आइतबार, १५ जेठ २०७९

२०७८ फागुनसम्म १५ लाख १२ हजार ४ सय ३२ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म संघ अन्तर्गत सञ्चालित कार्यक्रमबाट सतह सिँचाइ २,८९५ हेक्टर तथा भूमिगत सिँचाइ ११० हेक्टर गरी कुल ३,००५ हेक्टर सिञ्चित क्षेत्र थप भएको हो । २०७८ असारसम्म कुल १५ लाख ९ हजार ४ सय २७ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको थियो।

जलउत्पन्न प्रकोप नियन्त्रणको लागि आर्थिक वर्ष २०७७/७८ मा ७७ कि.मि. तटबन्ध निर्माण भई ८५३ हेक्टर जग्गा उकास गरिएको थियो भने आर्थिक वर्ष २०७८/७९ को प्रथम आठ महिना सम्ममा ३१.६७ कि.मि. तटबन्ध निर्माण तथा ५३ हेक्टर जग्गा उकास भएको छ। हालसम्म कुल १,२४१ कि.मि. तटबन्ध निर्माण र १२ हजार ५८ हेक्टर जग्गा उकास गरिएको छ।

कृषियोग्य जमिनमा सिँचाइ सुविधाको विस्तारबाट कृषि उत्पादनमा वृद्धि ल्याउन हाल संघ अन्तर्गत १६ वटा सिँचाइ आयोजना सञ्चालनमा छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप