कुखुराको उत्पादन ११.१ प्रतिशतले घट्यो, बाख्राको भने ४.९ प्रतिशतले वृद्धि

पछिल्ला वर्षहरूमा रैथाने पशुको तुलनामा उन्नत नश्ल र बढी उत्पादन क्षमताका गाई भैंसीको सङ्ख्यामा वृद्धि भई दूध उत्पादनमा उल्लेखनीय वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ।
बाख्रा र बङ्गुरको सङ्ख्यामा पनि वृद्धि भएको छ। व्यावसायिक बाख्रापालनमा युवाको बढ्दो आकर्षण, बोयर लगायतका उन्नत जातको बाख्रा आयात तथा स्थानीय जातको बाख्राको नश्ल सुधारबाट बाख्राको सङ्ख्यामा वृद्धि भएको छ। त्यस्तै चालु आर्थिक वर्षमा सुँगुर/बङ्गुरको सङ्ख्यामा करिब ४.६ प्रतिशतले वृद्धि हुने अनुमान छ। कुल बङ्गुर मध्ये करिब १९ प्रतिशत उन्नत जातका बङ्गुरहरू रहेका छन्।
कोभिड-१९ को कारण पशुपन्छी व्यवसायमा प्रतिकुल प्रभाव परेको पनि मन्त्रालयले जारी गरेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ। आर्थिक वर्ष २०७७/७८ मा कुखुराको उत्पादन सङ्ख्यामा ११.१ प्रतिशतले सङ्कुचन आएको छ। भैंसी र भेडाको सङ्ख्या समेत घटेको छ। यद्यपि बाख्राको सङ्ख्या ४.९ प्रतिशतले वृद्धि भएको छ।
आर्थिक वर्ष २०७६/७७ मा भैंसी बाहेक सबै पशुपन्छीहरूको सङ्ख्यामा वृद्धि भएकोमा सबै भन्दा बढी कुखुरामा ९.१ प्रतिशत र बाख्रामा ४.३ प्रतिशतले वृद्धि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग