सङ्घीय लोकतान्त्रिक गणतन्त्र युगान्तकारी परिवर्तन : मुख्यमन्त्री केसी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्ति सामान्य नभएर यो एउटा युगान्तकारी परिवर्तन र ऐतिहासिक घटनाक्रम भएको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले गणतन्त्र नेपालको स्थापनाका लागि नेपालीहरुको महत्वपूर्ण त्याग, तपस्या र बलिदानबाट मात्रै सम्भव भएको हो भने ।
सन्देशमा सबैको मेहनत, योगदानबाट आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो र मजबुत बनाउँदै लैजानु सबै नेपालीहरुको कर्तव्य र अधिकार रहेको उल्लेख गरिएको छ । सन्देशमा भनिएको छ, “ गणतन्त्र नेपालको स्थापनासँगै गणतन्त्रको जगमा संविधान जारी भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत बलिदानीपूर्ण सङ्घर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरू संस्थागत भएकाले आफ्ना अधिकारहरूलाई संस्थागत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालप्रति गौरव गर्न प्रदेशवासीमा अपिल गर्दछु । ”
शुभकामना सन्देशमा गणतन्त्र नेपालको जगमा जारी संविधानमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध प्रदेश एवं राष्ट्र निर्माण गर्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने सङ्कल्प गरेको जनाइएको छ ।
विज्ञप्तिमा विगतका राज्यव्यवस्थाले सृजना गरेका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिकलगायतका सबै प्रकारको विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुढृढीकरणमार्फत लाभको न्यायोचित वितरणलाई प्रदेश सरकार दृढ सङ्कल्पित रहेको पनि उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान