शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘गणतन्त्रको विकल्प राजतन्त्र होइन’

आइतबार, १५ जेठ २०७९, ०९ : ४३
आइतबार, १५ जेठ २०७९

गणतन्त्रको विकल्प जनताले २४० वर्षसम्म भोगेको निरंकुश राजतन्त्र नहुने प्रा.डा. लोकराज बराल बताएका छन् । उनले विकल्प भनेको अझ सुदृढ गणतन्त्र रहेको जिकिर गरे । 

‘गणतन्त्र विश्वकै सबैभन्दा उत्कृष्ट मध्येका एक शासन व्यवस्था हो । यसको कार्यान्वयनमा केही कमीकमजोरी सत्ता सञ्चालकहरूबाट भए सुधार्दै लानुपर्छ । तर, यसको विकल्प जनतालाई झण्डै अढाइ शताब्दी भोगेको निरंकुश राजतन्त्र हुन सक्दैन’, बरालले भने । उनले सरकारले वार्षिक नीति तथा कार्यक्रममार्फत गणतान्त्रिक प्रणालीलाई मजबुत बनाउनेगरीका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । 

तर, गणतन्त्रको विकल्प राजतन्त्र भन्दै आएको दल राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ भने कुशासन र भ्रष्टाचार गणतन्त्रमा पनि व्याप्त भएका कारण गणतन्त्रको औचित्य समाप्त भएको दाबी गर्छन् । गणतन्त्र १५ जेठ २०६५ मा स्थापना भएको हो । गणतन्त्र स्थापना भएको डेढ दशक हुँदा पनि राजतन्त्रको स्वर अझै सुनिँदै आएको छ ।

राजतन्त्र र त्यससँग जोडिएका संरचनाको अवशेष भने छैन । संस्थागत रूपमा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजतन्त्रको पक्षमा वकालत गर्ने मध्येको ठूलो दल हो । संसद्मा एक सिट रहेको दलको राजनीतिक कार्यदिशा नै राजतन्त्र र हिन्दू राज्यको पुनर्स्थापना छ । – न्यूज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप