
तरुणहरु लोकतान्त्रिक विचार र आर्दशबाट विचलित हुन हुँदैनः विद्वान गुरुङ

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जनताको लोकतान्त्रिक अधिकार र आर्थिक समृद्धिको चाहना पुरा गर्ने एकतावद्ध भएर लाग्नु पर्ने बताएका छन् । गणतन्त्र दिवसको शुभकामना दिँदै उनले काँग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षा र नेपालीको सुखी भविष्य निर्माणमा एकतावद्ध भएर लाग्नु पर्ने बताए ।
गणतन्त्र स्थापनाको लडाईमा शहादत प्राप्त गर्ने ज्ञात अज्ञात शहिदहरुप्रति उनले श्रद्धाञ्जली अर्पण गर्दै सम्मान व्यक्त गरे । लोकतन्त्रको मूलभूत मान्यताले मात्र शान्ति र समृद्धिको मार्ग खुल्ने भन्दै तरुणहरूलाई लोकतान्त्रिक विचार र आदर्शबाट विचलित नहुन आग्रह गरे ।
गणतन्त्र दिवसले जनताका लोकतान्त्रिक अधिकारहरू खोस्न सल्बलाउन लागेका निरङ्कुशताका अवशेषहरू पूर्ण रुपमा समाप्त गर्ने शक्ति, आट र क्षमता प्राप्त होस् भन्ने कामना गुरुङले गरे ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ