राप्रपा नेपालले सातै प्रदेशमा अन्तरक्रिया र भेला गर्ने
राप्रपा नेपालले मुलुकको सात वटै प्रदेशमा अन्तरक्रिया र भेला आयोजना गर्ने भएको छ । केही दिन अघि काठमाडौंमा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितीको निर्णय बमोजिम कार्यक्रम आयोजना गरिन लागिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
महामन्त्री बर्तौलाका अनुसार 'जनताको माझमा राप्रपा नेपाल' अभियान अन्तर्गत 'वर्तमानका चुनौती र विकल्प' विषयमा बुद्धिजीवी वर्ग, नागरिक समाजका अगुवा तथा विभिन्न पेशा,बर्ग,क्षेत्र ,समुदायका प्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम संचालन गरिनेछ ।
यसका साथ साथै सातै प्रदेशमा प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम पनि आयोजना हुने बर्तौलाले बताए। पहिलो चरणमा यहि जेष्ठ १८ र १९ गते बागमती प्रदेशको हेटौंडामा , २१ र २२ गते १ नम्बर प्रदेशको विराटनगरमा , २३ र २४ गते मधेस प्रदेशको जनकपुरमा २५ र २६ गते लुम्बिनीको बुटवलमा र २७ र २८ गते गण्डकीको पोखरामा कार्यक्रम तय भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा पार्टी अध्यक्ष कमल थापा सहभागी हुने समेत महामन्त्री बर्तौलाले जानकारी दिए । उनका अनुसार बाँकी दुई प्रदेशमा हुने कार्यक्रमको मिति पनि चाँढै नै तय गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : मुस्कुराउँदै न्यायाधीशले थपे रविको हिरासत म्याददेखि दुर्गा प्रसाईंले गुहारे सर्वोच्चसम्म
-
कुलमानले विद्युत् प्रसारण लाइन निर्माणमा जोडे निजी क्षेत्र
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन
-
नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको प्रशिक्षण