शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रियललाई कीर्तिमानी १४ औँ च्याम्पियन्स लिगको उपाधि

आइतबार, १५ जेठ २०७९, ०५ : ५५
आइतबार, १५ जेठ २०७९

लिभरपुललाई हराउँदै रियल मड्रिडले कीर्तिमानी १४ औँ पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । पेरिसमा खेलिएको खेलमा भिनिसियस जुनियरले दोस्रो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्यो ।

योर्गन क्लपको टोलीले स्पेनिस च्याम्पियनमाथि खेलको सुरुवातदेखि नै दबाबमा राखे पनि थियाबट कोर्टवाले एकपछि अर्को उत्कृष्ट बचाऊ गर्दै टोलीलाई खेलमा कायम राखेका थिए । सन् २०१८ को फाइनलको बदला लिने मुडमा रहेका मोहमद शलाहको मात्र ६ वटा प्रहार कोर्टवाले विफल बनाएका थिए । योसँगै कार्लो एन्चेलोटी चारवटा च्याम्पियन्स लिग उपाधि जित्ने पहिलो म्यानेजर बनेका छन् । उनले यसअघि लिभरपुल र एसी मिलानसँग यो प्रतियोगिता जितेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप