मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सडक सञ्जालको लम्बाई साढे ६४ हजार किलोमिटर पुग्यो

शनिबार, १४ जेठ २०७९, २३ : ३५
शनिबार, १४ जेठ २०७९

मुलुकको कुल सडक सञ्जालको लम्बाई साढे ६४ हजार किलोमिटर पुगेको छ । चालु आर्थिक वर्ष आर्थिक सर्वेक्षण गरेको सरकारले फागुन मसान्तसम्म मुलुकभित्र प्रादेशिक तथा स्थानीयस्तरमा कच्ची, खण्डस्मित (ग्राबेल) र कालोपत्रे गरी कुल ६४ हजार ६१७ किलोमिटर सडक पुगेको हो । निर्मित सडकमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी २४.७६ प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा कम ५.११ प्रतिशत रहेको सरकारको भनाइ छ । 

यस्तै, प्रदेश नम्बर १ मा १३ हजार १२९ किलोमिटर (२०.३२ प्रतिशत), मधेश प्रदेशमा ६ हजार २ किलोमिटर (९.२९ प्रतिशत), गण्डकी प्रदेशमा ११ हजार ५७० (१७.९१ प्रतिशत), लुम्बिनी प्रदेशमा ९ हजार १३९ किलोमिटर (१४.१४ प्रतिशत) र सुदूरपश्चिम प्रदेशमा ५ हजार ४७५ किलोमिटर (८.४७ प्रतिशत) रहेको सरकारले बताएको छ । 

तर सडक घनत्वका हिसाबले सबैभन्दा बढी बागमती प्रदेशमा ०.७९ किलोमिटर प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम कर्णाली प्रदेशको ०.१२ किलोमिटर प्रतिवर्ग किलोमिटर रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप