शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

९० प्रतिशतभन्दा बढी जनसंख्याको पहुँचमा जलविद्युत

शनिबार, १४ जेठ २०७९, २२ : ४८
शनिबार, १४ जेठ २०७९

सरकारले जनसंख्याका आधारमा अधिकतम ९० प्रतिशत भन्दा बढीको पहुँचमा जल विद्युत पुगिसकेको बताएको छ । चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण गरेको सरकारले फागुन मसान्तसम्ममा कुल जनसंख्याको ९० प्रतिशत भन्दा माथिमा ऊर्जाको पहुँच पुगिसकेको बताएको हो । यस्तो पहुँच सबैभन्दा बढी मधेश प्रदेशमा अधिकतम ९९.६६ प्रतिशत जनसंख्यामा पुगेको र कर्णाली प्रदेशमा ४३.८७ प्रतिशतमा पुगेको सरकारले बताएको छ । 
यस्तै बागमती प्रदेशमा ९५.९१ प्रतिशतमा, गण्डकी प्रदेशमा ९५.६८ प्रतिशतमा, प्रदेश नम्बर १ मा ९६.९५ प्रतिशतमा, लुम्बिनी प्रदेशमा ९४.९१ प्रतिशतमा र सुदूरपश्चिम प्रदेशमा ७१.०७ प्रतिशत जनसंख्यामा विद्युत पुगिसकेको सरकारको भनाइ छ । 

प्रदेशगत रुपमा २०७८ फागुनसम्ममा बागमती प्रदेशमा सबैभन्दा बढी १ हजार १६ मेगावाट क्षमताका आयोजनाहरु र कर्णाली प्रदेशमा सबैभन्दा कम ११ मेगावाटका आयोजनाहरु सञ्चालनमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप