शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कार्वन उत्सर्जन कम गरेबापत नेपालले ६१ करोड रुपैयाँ पाउने

शनिबार, १४ जेठ २०७९, २२ : ३०
शनिबार, १४ जेठ २०७९

जलवायु परिवर्तनको रोकथाम तथा वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेले बापत नेपालले ६१ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग पाउने भएको छ । कार्वन उत्सर्जन घटाउन मद्दत गरेबापत विश्व बैंकले नेपाललाई ४५ मिलियन डलरसम्म उपलब्ध गराउने भएको हो ।

शनिबार प्रतिनिधिसभामा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गरेको सरकारले सन् २०२५ सम्मका लागि यस्तो रकम उपलब्ध गराउने गरी विश्व बैंकसँग सम्झौता भएको जनाएको छ । 

यस्तै, द्धिपक्षीय दाताहरुले समेत हरित, उत्थानशील र समावेशी विकासलाई प्रवद्र्धन गर्न थप ४.३ बिलियन डलरको प्रतिवद्धता गरेको सरकारले बताएको छ । हरित जलवायु कोष मान्यता प्राप्त १०३ संस्थाहरुको सूचीमा राष्ट्रिय प्रकृति संरक्षण कोष थप भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप