शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना, एक ट्रक जलेर नष्ट

शनिबार, १४ जेठ २०७९, २२ : २१
शनिबार, १४ जेठ २०७९

बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा दुई ट्रक एक आपसमा ठक्कर ठोक्किँदा दुर्घटना भएको छ । दुई ट्रक मध्ये एक ट्रकमा आगलागी भएर जलेर नष्ट भएको छ । उपमहानगरपालिकाको वडा नम्बर(२२ स्थित तीन नम्बर पुल र ४ नम्बर पुलको मोडमा शनिबार दुईवटा ट्रक आपसमा ठोक्किएका हुन् ।

हेटौंडाबाट बारा आउँदै गरेको ना ६ ख ३२८६ नम्बरको ट्रक र बाराबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ४२४२ नम्बरको मिनी ट्रक पुलको मोडमा ठोक्किएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा ना ६ ख ३२८६ नम्बरको ट्रकको तार सट भई जलेर नष्ट भएको जिल्ला ट्राफिक कार्यालय बाराले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप