शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दिगो विकासको लक्ष्य भेट्न नेपालले वार्षिक २० खर्ब २५ अर्ब खर्च गर्नुपर्ने

शनिबार, १४ जेठ २०७९, २२ : ०५
शनिबार, १४ जेठ २०७९

दिगो विकासको लक्ष्य भेट्न नेपालले वार्षिक बजेट भन्दा ठूलो रकम खर्च गर्नुपर्ने तथ्याङ्क पेश गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउँदै गरेको सरकारले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण गर्दै दिगो विकासको लक्ष्य कार्यान्वयन गर्न वार्षिक करिब २० खर्ब २५ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने बताएको हो ।

उक्त औसत रकममध्ये ११ खर्ब ११ अर्ब सरकारी क्षेत्रबाट, ७ खर्ब  ३९ अर्ब निजी क्षेत्रबाट, ८७ अर्ब रुपैयाँ सहकारी तथा गैरसरकारी क्षेत्रबाट र ८८ अर्ब घर–परिवार क्षेत्रबाट लगानी हुनुपर्ने सरकारको अनुमान छ । 

यसमा सरकारी र निजी क्षेत्रबाट हुने लगानीमा क्रमशः २ खर्ब १८ अर्ब र ३ खर्ब ६७ अर्ब गरी वार्षिक औसत ५ खर्ब ८५ अर्ब अपुग हुने देखिएको सरकारले बताएको छ । यद्यपि, दिगो विकास लक्ष्य कार्यान्वयनलाई प्रभावकारी र व्यवस्थित बनाउन नीतिगत, कानूनी तथा संस्थागत संरचना तयार गरिएको सरकारले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप