व्यापार घाटा ३४.५ प्रतिशतले वृद्धि, रेमिट्यान्स १.७ प्रतिशतले सङ्कुचन
![व्यापार घाटा ३४.५ प्रतिशतले वृद्धि, रेमिट्यान्स १.७ प्रतिशतले सङ्कुचन](https://rpcdn.ratopati.com/media/albums/economy-up-down_loss_Dhxww1tuAv.jpg)
आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म कुल वस्तु व्यापार घाटा ३४.५ प्रतिशतले वृद्धि भई रू.११ खर्ब ६० अर्ब ९९ करोड पुगेको आर्थिक सर्वेक्षण २०७८/७९ मा उल्लेख छ।
आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा यस्तो घाटा १.६ प्रतिशतले बढेर रू.८ खर्ब ६३ अर्ब २१ करोड पुगेको थियो। आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म शोधनान्तर स्थिति रू.२ खर्ब ५८ अर्ब ६४ करोडले घाटामा रहेको छ। बढ्दो व्यापार घाटा, खुद सेवा आय र खुद ट्रान्सफरमा आएको कमी, पुँजीगत खाता र वैदेशिक ऋण तथा अनुदान आप्रवाहमा आएको कमी लगायतका कारण शोधनान्तर स्थिति उच्च घाटामा रहेको छ।
आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा शोधनान्तर स्थिति रू.६८ अर्ब १ करोडले बचतमा रहेको थियो। ५.१२ आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म रू.१ खर्ब ५१ अर्ब ४२ करोडले घाटामा रहेको चालु खाता आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म रू.४ खर्ब ६२ अर्ब ९३ करोडले घाटामा रहेको छ।
आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म विप्रेषण आप्रवाह १.७ प्रतिशतले सङ्कुचन भई रू.६ खर्ब ३१ अर्ब १९ करोड पुगेको छ। आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा विप्रेषण आप्रवाह रू.६ खर्ब ४२ अर्ब ३३ करोड रहेको थियो। आर्थिक वर्ष २०७६/७७ मा विप्रेषण आप्रवाह कुल गार्हस्थ्य उत्पादनको २२.५० प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा २२.४७ प्रतिशत रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख