शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

११ खर्ब ७१ अर्ब रुपैयाँ बराबरको एफडीआई स्वीकृत, सबैभन्दा ठूलो प्रतिबद्धता ऊर्जामा

शनिबार, १४ जेठ २०७९, २१ : ४२
शनिबार, १४ जेठ २०७९

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कुल ११ खर्ब ७१ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी (एफडीआई) स्वीकृत भएको सरकारले जनाएको छ । यस्तो लगानी लगानी बोर्डमार्फत ३२ ठूला पूर्वाधार परियोजनाहरूका लागि स्वीकृत भएको अर्थ मन्त्रालयले जनाएको छ । शनिबार प्रतिनिधिसभामा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गरेको सरकारले आर्थिक वर्ष २०७७÷७८ मा ५ वटा परियोजनामा कुल १ खर्ब ३५ अर्ब ८१ करोड बराबरको लगानी स्वीकृत भएकोमा चालु आर्थिक वर्षको प्रथम ८ महिनामा ३ वटा परियोजनाको लागि कुल ८२ अर्ब ८७ करोड ९३ लाखको लगानी स्वीकृत भएको जनाएको छ । 

यस्तै चालु आर्थिक वर्षको फागुन मसान्तसम्म उद्योग विभागमा ५ हजार ३ सय ८४ उद्योगमा ३ खर्ब ९६ अर्ब ५३ करोड बराबरको विदेशी लगानी स्वीकृत भएकोमा जसबाट २ लाख ७८ हजार ९७५ रोजगारी सिर्जना हुने अनुमान गरिएको सरकारले बताएको छ ।

उसो त चालु आर्थिक वर्षमा अघिल्लो वर्षको भन्दा २४.८ प्रतिशतले विदेशी लगानी प्रतिबद्धता वृद्धि हुँदै ३१ अर्ब ८३ करोड पुगेको सरकारले जनाएको छ । यस्तो प्रतिबद्धता सबैभन्दा बढी ऊर्जामूलक उद्योगमा कुल प्रतिबद्धताको ५८.८ प्रतिशतको प्राप्त भएको सरकारले जनाएको छ । यस्तै, उत्पादनमूलक उद्योगमा २१.४ प्रतिशत र सूचना,प्रसारण तथा सञ्चार एवं खनिज क्षेत्र दुबैमा गरी ०.३ प्रतिशतको लगानी प्रतिबद्धता प्राप्त भएको सरकारको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप