सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

यूक्रेनका पूर्वराष्ट्रपति पोरोशेन्कोलाई देश छोड्न रोक

शनिबार, १४ जेठ २०७९, २१ : ३५
शनिबार, १४ जेठ २०७९

यूक्रेनका पूर्वराष्ट्रपति पेट्रो पोरोशेन्कोले आफूलाई देश छोड्न रोक लगाइएको बताएका छन् । शनिबार रुसले आक्रमण गरेदेखि नै सरकारले आन्तरिक राजनीतिक युद्धविराम तोडेको आरोप समेत उनले लगाए । सन् २०१४ देखि २०१९ सम्म सत्तामा रहेका पोरोशेन्कोले युद्ध सुरु भएदेखि अन्तर्राष्ट्रिय टेलिभिजनमा उनको दलको धारणा राख्न पटक पटक सार्वजनिक हुने गरेका छन् ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सत्तारुढ दलपछि ठूलो उनको यूरोपेली सोलिडारिटी पार्टी यूक्रेनको संसदमा दोस्रो ठूलो दल हो ।   रूसले आक्रमण गरेपछि यूक्रेनको संसद्ले धेरै रूसी समर्थक दलहरूमा प्रतिबन्ध लगाएको छ भने अरूलाई अझै पनि तथाकथित राजनैतिक युद्धविरामको सीमामा रहेर गतिविधि सञ्चालन गर्न अनुमति दिएको छ । यसले सबै यूक्रेनी दलहरूले युद्धको विरूद्ध एकजुट हुन घरेलु राजनैतिक असहमतिहरू पन्छाएर अघि बढेका छन् ।

पोरोशेन्कोको कार्यालयले सरकारले रुस विरूद्धको ऐक्यवद्धता जनाउन भएको सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै उनलाई ‘यूक्रेनी सीमा पार गर्न दिन अस्वीकार गरिएको बताएको छ । “यो निर्णयबाट अधिकारीहरूले युद्धकालमा लागू रहेको ‘राजनीतिक युद्धविराम’ भङ्ग गर्ने खतरा भएको छ ।”

”रूसी आक्रमणको सामना गर्नुपर्दा राष्ट्रिय एकताको एउटा बलियो आधार रूस विरूद्धको युद्धमा घरेलु ऐक्यबद्धता थियो तर सरकारबाट यो भङ्ग गरिएको छ,”  उनको कार्यालयले भनेको छ । 

पोरोशेन्कोले यूक्रेनी प्रतिनिधिमण्डल नेतृत्व गर्दै लिथुआनियामा भएको नाटो संसदीय सभाको बैठकमा सहभागिता जनाउन जानुपर्ने थियो र सरकारबाट यस पहिले यात्रा गर्ने अनुमति प्राप्त गरेका थिए, यद्यपि पछिल्लो कदमले उनलाई त्यहाँ सहभागिता हुने सम्भावनालाई अन्त्य गरिदिएको छ । 

उनले लिथुआनियाका राष्ट्रपति गितानास नौसिदा र यूरोपेली संसदका एक समूहसँग भिल्नियसमा भेटवार्ता गर्न लागेका थिए । त्यसपछि उनले यूरोपेली राजनैतिक दलहरूका नेतृत्वलाई एक ठाउमा भेला गर्ने शिखर सम्मेलनको लागि नेदरल्याण्ड्सको रोटरड्याम जाने कार्यक्रम रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप