आधारभूत खानेपानीको पहुँच पुगेको जनसङ्ख्या ९३.३५ प्रतिशत

२०७८ असारसम्म आधारभूत खानेपानीको पहुँच पुगेको जनसङ्ख्या ९३.२१ प्रतिशत रहेकोमा २०७८ फागुनसम्म यस्तो जनसङ्ख्या ९३.३५ प्रतिशत पुगेको छ।
अर्थ मन्त्रालयले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणका अनुसार आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म थप ४२ हजार ८ सय ५७ जनसङ्ख्या आधारभूत खानेपानीको सुविधाबाट लाभान्वित भएका हुन्।
यता २०७८ असारसम्म २४.६५ प्रतिशत जनसङ्ख्यामा उच्च तथा मध्यमस्तरको गुणस्तरीय खानेपानी सेवाको पहुँच पुगेकोमा २०७८ फागुनसम्म यस्तो जनसङ्ख्याको २४.८२ प्रतिशत पुगेको छ।
आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म विभिन्न खानेपानी तथा सरसफाइ कार्यक्रम/आयोजना अन्तर्गत थप ९२ हजार ५ सय ५ व्यक्ति खानेपानी तथा सरसफाइ सेवाबाट लाभान्वित भएका छन्। आर्थिक वर्ष २०७७/७८ मा थप २ लाख ४७ हजार ३ सय २५ व्यक्ति यस्तो सेवाबाट लाभान्वित भएका थिए।
आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म ३८२ नगरपालिका/गाउँपालिकाका ११ हजार ४ सय २५ खानेपानी प्रणालीहरूको तथ्याङ्क सङ्कलन भएको छ। तथ्याङ्कमा प्रणालीको संरचनागत अवस्था, खानेपानी पहुँचमा नपुगेको समुदाय, सरसफाइको अवस्था, विद्यालयको खानेपानी तथा सरसफाइको अवस्था जस्ता (Cluster) हरूको पहिचान भएको छ। ११.६६ खानेपानीसम्बन्धी विकास आयोजनाहरू अन्तर्गत आर्थिक, सामाजिक तथा प्राविधिक क्षेत्रहरूमा दक्ष र अदक्ष गरी करिब २० हजार जनशक्तिले रोजगारी पाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन पोखरा सडक : दमौली बजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु
-
आज यस्तो छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र चिनियाँ युआनको मूल्य
-
जर्मन बुण्डेस लिगामा हिडेनहाइम विजयी
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना