बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

एक चीन नीतिप्रति नेपाल दृढ छ : देउवा

शनिबार, १४ जेठ २०७९, २० : १५
शनिबार, १४ जेठ २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले एक चीन नीतिप्रति नेपाल दृढ रहेको बताएका छन् । आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने क्रममा उनले नेपाल सरकारले एक चीन नीतिप्रति दृढ रहेको जानकारी दिए ।

‘विगतमा नेपालमा चीनविरुद्धका गतिविधि समेत सरकारले शान्त पारेको थियो,’ उनले भने । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले छिमेकी मुलुक चीनलाई सरकारले चिढ्याइरहेको आरोप लगाएपछि त्यसको खण्डन गर्दै देउवाले एक चीन नीतिप्रति सरकार दृढ रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप