बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

नेपाली उद्योगको आवश्यकताअनुसार सुपारी, केराउ र मरिच आयात गरिएको हो – प्रधानमन्त्री देउवा

शनिबार, १४ जेठ २०७९, २० : १२
शनिबार, १४ जेठ २०७९

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुपारी, केराउ र मरिच औद्योगिक प्रयोजनका लागि मात्रै आयात खुलाइएको स्पष्टीकरण दिएका छन् । उनले प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै यी वस्तु औद्योगिक कच्चा पदार्थको रूपमा मात्रै आयात अनुमति दिइएको बताएका हुन् ।

‘सुपारी, केराउ र मरिच औद्योगिक प्रयोजनका लागि मात्रै उपलब्ध गराइएको छ,’ देउवाले भने, ‘यसको आयातका लागि कार्यविधि बनेको छ । नेपालमा आवश्यक पर्ने, उद्योगलाई नभई नहुने वस्तुको आयात भएको छ ।’ यस्तै, उनले नेपालका उद्योगहरूलाई आवश्यक पर्ने बाहेकको केराउ, मरिच, सुपारी आयात नभएको समेत जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप