निर्वाचन प्रक्रियामा संशय नगर्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको प्रक्रियामाथि संशय व्यक्त नगर्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै एकै पटक निर्वाचन निर्वाचन गर्नु चुनौतीपूर्ण रहे पनि सरकारले सीमित साधन स्रोतबीच निष्पक्ष र भयरहित रूपमा निर्वाचन सम्पन्न गरेको जिकिर गरेका हुन् । छिटपुट घटनलाई लिएर पुरै निर्वाचन प्रक्रियामा संशय गर्नु उपयुक्त नहुने उनले आग्रह गरे ।
प्रधानमन्त्री देउवाले कोभिडको महामारी पछि सामान्य हुँदै देशको अर्थतन्त्र सामान्य अवस्थामा अघि बढ्दै गरेको अवस्थामा युक्रेनमा भएको आक्रमणले जटिलता निम्ताएको बताए । यसले आपूर्तिमा समस्या देखिएको र देशको अर्थतन्त्रमा बाह्य चाप बढेको जानकारी दिए । प्रधानमन्त्री देउवाले प्रस्तुत नीति तथा कार्यक्रम आर्थिक पुनर्स्थापना गर्दै जनजीवन जीवनलाई सहज पार्नेतर्फ केन्द्रित भएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म