शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

शनिबार, १४ जेठ २०७९, १८ : ३६
शनिबार, १४ जेठ २०७९

नारायणगढ–मुग्लिन सडकखण्ड पहिराले अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ नाम्दीखोला नजिकै आज साँझ ५ः ३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परी एक जना घाइते भएका छन् । बोलेरोमा सवार एक व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ । पहिरो पन्छाउने काम सुरु भएको र केही समयपछि सडक नियमित गर्ने प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप