लोकगायक नविन पौडेलले नचाए दर्शक
चर्चित लोकगायक नविन पौडेलले राजधानीबासी नचाएका छन् । शुक्रबार साँझ स्काई दरबार क्याफेमा आयोजित एक सांगीतिक कार्यक्रममा उनले आफ्ना चर्चित गीत संगीतबाट दर्शक नचाएका हुन् । सिंहदरबार मुलगेट अगाडि (बग्गिखाना ट्रायल दिने स्थान) मा शुक्रबार साँझबाट सञ्चालनमा आएको ‘स्काई दरबार क्याफे’ उद्घाटनमा गायक पौडेलले ‘मन परेरै हो’, ‘लेउ खुकुरी लेउ’, ‘के सम्झनु छ र जान्न म त त्यो घर’, ‘फुलेको तोरीलाई’ लगायत गीत प्रस्तुत गर्दा दशक झुमेर नाचेका थिए ।
करिब डेढ घन्टा चलेको कार्यक्रममा हास्य कलाकार एवम् जादुगर राजेन्द्र गिरी ‘गुन्द्रुके’ ले कमेडी तथा जादुका विभिन्न प्रस्तुतिमार्फत दर्शक हँसाए । अभिनेता आमेस भण्डारी, अभिनेत्री खुस्बु खड्का, गायिका एन्जिला रेग्मी, डा.घनश्याम खतिवडा, अभिनेता कृष्ण मल्ल, रविन्द्र खड्का लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।
‘स्काई दरबार क्याफे’ सुभाष खड्काले सञ्चालनमा ल्याएका हन् । प्रति परिकार एकसय रुपैयाँ दिने सुविधासहित क्याफे सञ्चालनमा आएको हो । ‘क्याफेमा एकसय परिकारका आइटम छन् । ती सबै सय रुपैयाँका दरले खान पाइने सञ्चालक खड्काले बताए ।
‘आफुले नाफाका लागि भन्दा पनि सेवाका लागि क्याफे सञ्चालनमा ल्याएको उनले जानकारी दिए । क्याफेसँगै तीन हजार क्षमताको स्काई दरबार ब्याङ्केट समेत रहेको छ । जुन खड्काले केही अगाडि सञ्चालनमा ल्याएका हुन् । गायक पौडेलको नयाँ गीत ‘मन परेरै हो मन परेरै हो’ शनिबार सार्वजनिक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल
-
पूर्व कर्मचारीहरुसँग देउवाले भने– कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस्