नवौँ राष्ट्रिय खेलकुद अब सर्दैन : सदस्य–सचिव घिसिङ
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तीन पटक सर्यो । कहिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव विवाद त कहिले कोरोनाको विषयले नवौँ खेलकुद समयमा हुन सकेन ।
यही जेठ २२ गते हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल सामाग्री खरिद र प्रदेशको तयारी नपुगेको बताउँदा पुनः सर्न पुग्यो । राखेपको प्रस्तावमा गत मंगलवार बिहान बसेको मन्त्रीपरिषद् बैठकले नयाँ मिति असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गर्ने निर्णय गर्यो ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले फास्ट ट्रयाकबाट गर्ने भनिए पनि कानुनी प्रक्रिया र सार्वजनिक खरिद ऐनअनुरूप यसअघि तोकिएको समयमा गर्न असम्भव भएको बताए ।
अब हुने खेलकुद प्रतियोगिताको मिति नसर्ने राखेप सदस्य–सचिव टंकलाल घिसिङले बताए । उनले अब तोकिएकै समयमा हुने बताए । सबै प्रक्रिया पुगे पनि केही कानुनी पाटो र प्रदेशहरूको तयारीको विषयलाई लिएर मिति सार्नु परेको बताए ।
‘प्रदेशहरूको तयारी र कानुनी झमेलाले गर्दा प्रतियोगिताको मिति सार्नु परेको थियो । अब प्रतियोगिता तोकिएकै मितिमा सम्पन्न हुनेछ । त्यसको लागि मन्त्रालय, राखेप र प्रदेशहरू तयार छन्,’ सदस्य–सचिव घिसिङले रातोपाटीसँगको कुराकानीमा भने ।
उनले पहिलो पटक मिति तय गर्दा आफूहरूले प्रदेशको तयारी पुग्ने सोच बनाए हुँदा अहिले मिति सर्ने अवस्था आएको बताए । बजेटको विषय पहिले नै आइसकेको हुनाले बजेट अभाव या बजेट वृद्धिका लागि नवौँ खेलकुद सारेको भन्न नमिल्ने बताए ।
उनले खेलाडीहरूले लामो तयारी गर्दा नतिजामा पनि धेरै सुधार आउने बताएका छन् । खेल प्रतिस्पर्धात्मक हुँदा हेर्ने दर्शकका लागि पनि राम्रो हुने बताए । नवौँ सर्दा विभागीय टोलीलाई पनि सहज भएको बताए ।
चुनावका लागि खटिएका खेलाडीहरूले पनि लामो समय तयारी गर्न पाउने हुँदा उनीहरूको लागि पनि प्रतियोगिता सर्दा केही राहत भएको बताए ।
‘पहिलो मिति तय गर्दा प्रदेशहरूको तयारी पुग्छ भन्ने लागेको थियो । तर, तयारी नपुगेको प्रदेशहरूको प्रतिक्रिया आयो । यता विभागीय टोलीहरू पनि चुनावको माहौलमा लागेको हुँदा उहाँहरू पुन: तयारीमा जुट्न सहज हुन्छ,’ सदस्य–सचिव घिसिङले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास
-
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’