सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

दाना उद्योग संघको अध्यक्षमा पुरी निर्वाचित

शनिबार, १४ जेठ २०७९, १७ : २४
शनिबार, १४ जेठ २०७९

नेपाल दाना उद्योग संघको अध्यक्षमा पुनः रवि पुरी निर्वाचित भएका छन् । आज सम्पन्न संघको २१ औं साधारणसभाले पुरीको नेतृत्वमा २ वर्षका लागि १७ सदस्यीय कार्यसमिति चयन गरेको हो । यस्तै,संघको प्रथम उपाध्यक्षमा शंकरप्रसाद कँडेल, द्धितिय उपाध्यक्षमा प्रदिपकुमार रुंगटा, तृतीय उपाध्यक्षमा ज्ञानेन्द्र पराजुली, महासचिवमा केशवराज थापा र कोषाध्यक्षमा उमेशचन्द्र सापकोटा निर्वाचित बनेका छन् । यस्तै, संघको सचिवमा राजकुमार पराजुली निर्वाचित भएका छन् भने अन्य १० जना सदस्य समेत कार्यसमितिमा निर्वाचित बनेका छन् ।

कार्यक्रममा बोल्दै पुरीले नेपाल दाना, कुखुराको चल्ला, अण्डा र मासु उत्पादनमा आत्मनिर्भर भएको बताए । तर, दानाको मूख्य कच्चा पदार्थ मकै तथा भटमासको पिना आयात गर्नुपर्ने बाध्यता रहेको बताउँदै हाल उक्त कच्चा पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्य आकासिएको छ । यस्तै, उच्च भन्सारदरका कारणले दानाको उत्पादन महँगो हुने गरेको र स्वदेशमै कच्चा पदार्थ उत्पादनतर्फ सरकारले ध्यान केन्द्रीत गर्नुपर्ने बताए ।

कार्यक्रममा कृषि तथा पशुपंछी विकास मन्त्री महिन्द्रराय यादवले मकै तथा भटमासको खेतीमा मन्त्रालयले उचित पहल लिने बताए । मन्त्री यादवले समय सापेक्ष कृषि नीति बनाउन पहल गरिरहेको र नेपाल दाना उत्पादन, कुखुरा उत्पादन र अण्डा उत्पादनमा आत्मनिर्भर हुनु ठूलो उपलब्धि भएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप