शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बन्दी आत्महत्या प्रकरण : घटनाबारे छानविन गर्न कार्यदल गठन

शनिबार, १४ जेठ २०७९, १७ : १५
शनिबार, १४ जेठ २०७९

रोल्पाका बन्दी सुन्दर हरिजनले झुन्डिएर आत्महत्या गरेको घटनाबारे छानविन गर्न एक कार्यदल गठन भएको छ । कारागार व्यवस्थापन विभागका निर्देशक झरेन्द्रप्रसाद  चापागाईँको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन भएको हो ।

समितिलाई सो घटनाको स्थलगत अध्ययन र छानविन गरी  १० दिनभित्र कारागार व्यवस्थापन विभागमा प्रतिवेदन पेश गर्न भनिएको गृहमन्त्रालयले जानकारी दिएको छ । उक्त समितिको  प्रतिवेदन प्राप्त भएपश्चात घटनाको सत्यतथ्य उजागर हुने विश्वास समेत मन्त्रालयले गरेको छ । गत जेठ ४ गते कारागार कार्यालय रोल्पाका बन्दी सुन्दर हरिजनले झुन्डिएर आत्महत्या गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप