
अमेरिकामा धेरै खेल जित्ने योजना छ : सन्दीप

नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले नेपाली टोलीले अमेरिकामा धेरै खेल जित्ने योजना बनाएको बताएका छन् । टिमको सन्तुलन राम्रो भएको र तयारी पनि राम्रो भएका कारण उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको उनले बताए । सन्दीपले लिग टू अन्तर्गत धेरै खेल खेल्न बाँकी रहेकाले नेपाली टोलीलाई अर्को चरण पुग्नका लागि यो सिरिज निकै महत्वपूर्ण रहेको बताए ।
‘अमेरिकाको वातावरण हाम्रो जस्तै छ । केही बढी हिउमिडिटी रहेको छ । हामी त्यसका लागि तयार भइसकेका छौं र टोलीले पनि सोहीअनुसार तयारी पनि गरेको छ । टिम सन्तुलित टोली छ । हामी सबै पक्षमा तयार छौं । हामी एकदिवसीय मान्यतालाई जोगाउने भन्दा हामीले हाम्रो खेललाई सुखद बनाउने योजनामा हुनेछौं । राम्रो भएको अवस्थामा एकदिवसीय मान्यता अवश्य जोगिनेछ,’ सन्दीपले भने ।
सन्दीपले अघिल्लो चरण पुग्न धेरै चुनौतीहरु रहेको बताए । त्यस्ता चुनौतीहरु सामना गर्न टिम तयार रहेको उनले बताए । पहिले बलियो भएकाले पनि टिमको प्रदर्शनमा सुधार आउने उनको भनाई छ । ‘अमेरिका भ्रमणमा हामीले बलियो ब्याटिङका कारण नै धेरै खेलमा जित निकाल्छौँ भन्ने आशा छ । १२ वटा मात्र खेल खेलेका छौं । सबैले हाम्रो तालिका हेर्दा तल हारेको लाग्न सक्छ । हामीले अझै २४ खेल खेल्न बाँकी छ । अहिलेको अवस्थामा सबैले उत्तिकै मिहिनेत गरिराख्नुभएको छ । सफलता मिल्नेछ,’ सन्दीपले भने ।
पहिलोपटक शृंखलाका लागि नेपाली टोली अमेरिका भ्रमण गर्न लागेको हो । नेपालले अमेरिका भ्रमण गर्दा आयोजक अमेरिका र ओमानसँग त्रिकोणात्मक शृंखला खेल्नेछ । शृंखला पूर्व नेपाली टोली अमेरिकामा त्यहाँका दुई क्लबसँग अभ्यास खेल खेल्ने तालिका छ । नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले नेपाली टोलीको तयारी राम्रो भएको सुखद नतिजा निकाल्नमा आपूm आशावादी रहेको बताएका छन् ।
‘नेपाल भित्रको अभ्यासमा हामीले तयारी राम्रो गरेका छौं । पछिल्ला ५÷६ साता टोलीले निकै मिहिनेत गरेको छ । यो बीचमा हामीले आपसमा धेरै खेल पनि खेल्यौं । अभ्यास थालनी गर्दा हामीले युवा खेलाडीमा केन्द्रीत रहेर अभ्यास थालेका थियौं । टोलीको प्रदर्शनमा म विश्वस्त पनि छु,’ दशानायककेले भने ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ