बागमती प्रदेशसभा : जेठ १६ गते नीति तथा कार्यक्रम आउने
बागमती प्रदेशसभाको बैठक जेठ १६ गतेसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक १६ गते दिउँसो २ बजे बस्ने गरी स्थगित गरेका हुन् । आगामी जेठ १६ गते बस्ने प्रदेशसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।
शुक्रबारदेखि सुरु भएको प्रदेशसभाको दशौं अधिवेशन अन्तर्गत शनिबार बसेको तेस्रो र चौथो बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९÷०८० को विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकता माथि छलफल भएको थियो ।
उक्त बैठकमा दलगत रुपमा सांसदहरुले सरकारको ल्याएको विनियोजन विद्येयकमाथि आफ्नो धारणा राखेका थिए भने छलफलमा उठेका प्रश्नहरुको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले जवाफ दिएका थिए ।
मन्त्री जम्मकट्टेलले सरकारले जनतालाई लक्षित गरेर कार्यान्वयनका हुने प्रकृतिको नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी आफ्नो सिद्धान्त र प्राथमिकताहरु तयार पारेको बताए । उनले सोहीअनुसार सरकारको बजेटले जनतालाई सम्बोधन गर्ने र कार्यान्वयन हुने प्रकृतिको नीति तथा कार्यक्रम ल्याउन सरकार सक्रिय रहेको बताए ।
मन्त्री जम्मकट्टेलले विनियोजन विद्येयक माथिको छलफलका क्रममा प्राप्त सुझावहरूलाई नीति तथा कार्यक्रममा समावेश गरिने बताए । ‘केही रचनात्मक सुझावहरु पनि प्राप्त भएका छन् । केही असन्तुष्टिहरू पनि व्यक्त भएका छन् । कसैले नबुझेर पनि विरोध गरेको पाइएको छ । तर, समग्रमा म सबैको मतको सम्मान गर्न चाहान्छु । यहाँहरूले दिनुभएको सुझावलाई हामी नीति तथा कार्यक्रममा समावेश गरेर अघि बढ्छौँ’ उनले भने ।
उनले वर्तमान सरकारले मन्त्रालय थप गरी प्रशासनिक खर्च बढाएको भन्दै असन्तुष्टि व्यक्त गर्नु स्वभाविक भएको बताए । ‘हो, तपाईहरुले भनेको सत्य हो । गठबन्धन सरकार बनाउँदा ३ वटा पार्टी मिलेको थियो । राजनीतिक घटनाक्रमले केही बढ्न गएको सत्य हो । हामीलाई त्यो महसुस भएको छ । हामी छलफल गरिरहेका छौँ ।’ उनले भने ।
उनले प्रतिपक्षले भने झै सरकारले कुनै पनि योजनाहरु कटौती नगरेको प्रष्ट पारे । मन्त्री जम्मकट्टेलले सरकारले कार्यान्वयनमा आउन नसक्ने योजनाहरुलाई रोकेर त्यसको सट्टामा अन्य योजनाहरु अघि सारेको बताए ।
उनले विगतका सरकारले ल्याएका योजनाहरुलाई वृहत र स्तरीय बनाएर कार्यान्वयनमा लाने तयारीका साथ अघि बढेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा ‘इला होटल’ सञ्चालनमा आउँदै
-
गभर्नर नियुक्तिका लागि आफूखुसी मापदण्ड बनाइएको भन्दै सर्वोच्चमा रिट
-
सात दिनमा सिफारिस समिति बनाइ डेढ महिनाभित्र सहकारी नियमन प्राधिकरण गठन गर्न सर्वोच्चको परमादेश (पूर्णपाठ)
-
अघि बढेन वामपन्थी एकता, गतिहीन बन्यो समाजवादी मोर्चा
-
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी
-
९ महिनामा पढाइका लागि एक खर्ब ३ अर्ब ८४ करोड रूपैयाँ विदेश पठाइयो