चीनको सांघाईमा लकडाउन हटाइँदै
दुई महिनादेखि कोभिड–१९ को लकडाउनबाट गुज्रेको चीनको सांघाई महानगर पुनः खोल्ने दिशामा अगाडि बढेको छ । सांघाईमा बुधबारदेखि लकडाउन अन्त्य गर्न लागिएको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् । सङ्क्रमणका घटना कमी हुन थालेपछि धेरै मानिसहरूलाई उनीहरूको घरबाट बाहिर निस्कन अनुमति दिइएको छ । गत साता थप व्यवसायहरूलाई फेरि खोल्न अनुमति दिइएको थियो, यद्यपि अधिकांश बासिन्दाहरू उनीहरूको आवास कम्पाउन्डहरूमा सीमित छन् ।
सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्दा मास्क लगाउन र भेला नगर्न अनुरोध गर्दै आएको छ । ‘सार्वजनिक रूपमा मास्क लगाउनुहोस्, भेला नगर्नुहोस् र सामाजिक दूरी राख्नुहोस्’, सांघाई महानगरका स्वास्थ्य आयोगका उपनिर्देशक झाओ डन्डनले दैनिक पत्रकार सम्मेलनमा भने ।
सामाजिक सञ्जालमा देखिएका केही भिडियोमा सहरको मध्येक्षेत्रमा शक्रबार राति रमाइलो गरिरहेका मानिसहरूलाई प्रहरीले अवरोध गरेर उनीहरूलाई घर जान अनुरोध गरेको देखिन्छ ।
उता राजधानी बेइजिङमा भने कोभिडसम्बन्धी कडा प्रतिबन्ध कायमै छ । सङ्क्रमणका केस घटे पनि बेइजिङमा मानिसका गतिविधिमा भने कठोर प्रतिबन्ध लगाइएको छ । सांघाइका अधिकारीहरूले शनिबार निरन्तर सतर्कता अपनाउन आग्रह गरेका छन् । लकडाउनका कारण साढे २ करोड मानिस बसोबास गर्ने सांघाईमा व्यापार व्यवसाय प्रभावित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा