शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गीताञ्जली श्रीः बुकर पुरस्कार जित्ने पहिलो भारतीय

शनिबार, १४ जेठ २०७९, १५ : ३६
शनिबार, १४ जेठ २०७९

गीताञ्जली श्री अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्ने पहिलो भारतीय लेखिका बनेकी छन् । उनको उपन्यास टम्ब अफ स्यान्ड भारतको विभाजनको छायामा लेखिएको हो । पुस्तकमा एक ८० वर्षीय वृद्धाले आफ्नो पतिको मृत्युपछि पछ्याएको पारिवारिक गाथालाई समेटिएको छ । 

५० हजार पाउन्ड धनराशि पुरस्कारका लागि छनोट भएको यो पहिलो हिन्दी भाषाको पुस्तक हो । ‘मैले कहिल्यै बुकरको सपना देखेकी थिइनँ ।  म चकित, हर्षित, सम्मानित र नम्र महसुस गरेकी छु ’, पुरस्कृत भएपछि उनले भनिन् ।

पुरस्कारको रकम गीताञ्जली र पुस्तकको अनुवादक अमेरिकास्थित डेजी रकवेलबीच बाँडिनेछ । उत्तर प्रदेश राज्यको मैनपुरी सहरमा जन्मेकी ६४ वर्षीय गीताञ्जलीले तीन ओटा उपन्यास लेखेकी छिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप