शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभाः प्रि बजेटमा प्रतिपक्षको असन्तुष्टि

शनिबार, १४ जेठ २०७९, १५ : २३
शनिबार, १४ जेठ २०७९

बागमती प्रदेशसभाको बैठक ३० मिनेट पछि बस्ने गरी स्थगित भएको छ । शुक्रबारबाट सुरु भएको प्रदेशसभाको दसौँ अधिवेशन अन्तर्गत शनिबार बसेको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०७९को सिद्धान्त र प्राथमिकता माथि छलफल भएको थियो । बैठकमा दलगत रूपमा सांसदहरूले विनियोजन विधेयक २०७९को सिद्धान्त र प्राथमिकता माथि छलफलमा भाग लिँदै आफ्नो धारणा राखेका थिए । बैठकमा २८ जना सांसदहरूले धारणा राखेका थिए ।

बैठकमा सत्तारुढ गठबन्धनका दलहरूको तर्फबाट सांसदहरूले धारणा राख्दै सरकारले ल्याएको बजेटको सिद्धान्त र प्राथमिकताले जनताको विषयलाई समेट्न सफल भएको बताए । उनीहरुले विगतमा लामो समयसम्म सरकारको नेतृत्वमा रहको एमालेले विरोध गर्न कै लागि सरकारको विरोध गरेको बताए । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सरकारको काम देखेर आत्तालिएको उनीहरूको भनाई छ ।

यता प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूले सरकारले विगतका योजनाहरू काट्ने मात्र काम गरेको बताए । उनीहरुले विगतको सरकारले ल्याएका राम्रा योजना काटेको आरोप लगाए । वर्तमान सरकारले ल्याएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता विगतको सरकारको भन्दा फरक नभएको उनीहरूको भनाई छ । उनीहरुले सरकारले जनताको समस्या र पिडालाई समेट्न नसकेको बताए ।

त्यसैगरी बागमती प्रदेशका प्रतिपक्ष दल विवेकशील साझा पार्टी र नेमकिपाका सांसदहरूले ले सरकारले ५ वर्षे यात्रालाई समीक्षा गर्नु पर्ने बताए । उनीहरुले सरकारले बजेटको प्राथमिकता भन्दा पनि बजेट खर्च माथि समीक्षा गर्नुपर्ने उनीहरूको भनाई छ ।

उनीहरुले सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि ल्याएको प्रि बजेटमा दलगत र क्षेत्रगत विभेद गरिएको आरोप लगाउँदै त्यस माथि असन्तुष्टि जनाए । मुलुकमा तरलता अभाव भइरहेको र भविष्यमा आर्थिक संकटको जोखिम रहेको भएपनि सरकारले ल्याएको प्रि बजेट ल्याउँदा त्यसलाई कसरी न्यूनीकरण गर्नतर्फ कुनै ध्यान नदिएको बताए । उनीहरुले सरकारले हाल भइरहेको मूल्यवृद्धिलाई न्यूनिकारणको कुनै योजनाहरु ल्याउन नसकेको बताए ।

उनीहरुले बजेटको सिद्धान्त दिगो विकासमा आधारित हुनु पर्ने बताए भने प्राथमिकतामा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने तर्फ हुनुपर्ने बताए । सरकारले साना तथा मझौला उद्योगलाई प्राथमिकता दिनुपर्ने, हरेक क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्ने उनीहरूको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप