बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय दूतावासद्वारा बस र एम्बुलेन्स सहयोग

शनिबार, १४ जेठ २०७९, १४ : ३३
शनिबार, १४ जेठ २०७९

काठमाडौँस्थित भारतीय राजदूतावासले मुस्ताङको लोमान्थाङ्ग गाउँपालिका–३ छोन्हुपमा रहेको श्रीपाल एवं नाम्ग्याल मोनोस्टिक गुम्बा (विद्यालय) लाई बस उपलब्ध गराएको छ । उक्त गुम्बामा १४ कोठे भवन निर्माण गरिदिएको दूतावासले मुस्ताङको घरपझोङ गाउँपालिकालाई एक थान एम्बुलेन्स पनि उपलब्ध गराएको छ । 

नेपालका लागि भारतका कार्यवाहक राजदूत नाग्या सि खाम्पाले शुक्रबार छोन्हुपमा गुम्बा उद्घाटन गर्नाका साथै वस र एम्बुलेन्स हस्तान्तरण गर्नुभएको उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिए । तत्कालीन जिल्ला विकास समितिले विसं २०६८ मा ठेक्का दिएको उक्त गुम्बा निर्माण हुन ११ वर्ष लागेको थियोे । 

जिल्ला समन्वय समितिका अधिकृत शिवकुमार पौडेलले पुरानो ठेकेदारले काम नगरेपछि सो ठेक्का रद्द गरेर अर्को ठेक्कामार्फत भवन निर्माणलाई पूर्णता दिइएको बताए । गुम्बा लगायतको संरचना निर्माणमा करिब रु सात करोड खर्च भएको उनको भनाइ थियोे । सुविधा सम्पन्न भवन निर्माण र बसको व्यवस्थाले गुम्बामा पढ्ने विद्यार्थीलाई आवतजावतमा सहज भएको छ । 

कार्यवाहक राजदूत खम्पाले मुस्ताङमा गुम्बा, तीर्थयात्री निवासलगायत संरचना निर्माणमा दूतावासमार्फत भारत सरकारले सहयोग गरिरहेको र यसबाट मुस्ताङको विकासमा सहयोग पुग्ने अपेक्षा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप