बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

छोरीको जन्मदिनमा नयाँ पुस्तक

शनिबार, १४ जेठ २०७९, १४ : २८
शनिबार, १४ जेठ २०७९

साहित्यकार सुरज उपाध्यायले छोरी प्राप्ति मुस्कानको जन्मदिनको अवसरमा नयाँ पुस्तक लिएर आएका छन् । बुधबार आयोजित समारोहमा बालबालिका र कार्यक्रमका अतिथिले एकसाथ सुरजको बाल कविता सञ्चयन ‘साइकल’ सार्वजनिक गरेका हुन् । स्याङ्जाको फेदीखोला–१ मा रहेको अमोर सेवा नेपालले कृति प्रकाशन गरेको हो । 

अमोर सेवा नेपालले अभिभावक विहीन बालबालिकालाई आश्रय दिँदै आएको छ । कार्यक्रममा फेदिखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले साहित्यकार सुरजले सत्ता परिवर्तन, विद्रोह र चेतनाका लागि लेखनमार्फत् आवाज उठाउँदै आएको जनाए । अध्यक्ष सुवेदीले कृति प्रकाशनमा पालिकाले सहयोग गर्ने प्रतिबद्धतासहित ५ सय थान पुस्तक खरिद गरी पालिकाका विद्यार्थीलाई वितरण गर्ने प्रतिबद्धता गरे । 

‘साइकल’ सुरजको तेस्रो कृति हो । यसअघि उनको एक गजल सङ्ग्रह र चिल उड्यो आकाशमा बाल कविता सङ्ग्रह प्रकाशन भइसकेका छन् । बाल मनोविज्ञानलाई नयाँ बिम्ब प्रतीकमार्फत अभिव्यक्त गर्न खप्पिस उनी विचारमार्फत चेतना पनि सँगसँगै भर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप