आइतबार, ०२ मङ्सिर २०८१
ताजा लोकप्रिय

महिनावारी हुनु पाप नभई गर्वको कुरा : मन्त्री भुसाल

साइकल र विद्युतीय सवारीसाधनको प्रयोगमा जोड
शनिबार, १४ जेठ २०७९, १४ : २१
शनिबार, १४ जेठ २०७९

ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको आयात कम गर्न साइकल र विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्ने बताएकी छन् । शनिवार महिनावारी स्वच्छता दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको प्रयोगलाई कम गर्न साइकल उपर्युक्त विकल्प भएको बताइन् ।

मन्त्री भुसालले भनिन्, ‘पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको छ, जसले सबै क्षेत्रमा प्रभाव पारेको छ । यो साइकल यात्राले त्यसको जवाफ दिन्छ, हामीसँग भरपुर जलश्रोत छ । साइकलले नपुगेको बेला विद्युतीय यातायात सञ्चालन गर्नुहुनेछ भन्ने आशा छ । वातावरणीय हिसाबले भोगिरहेका समस्या समाधान हुन्छन् । वातावरण साइकल यात्रा र विद्युतीय सवारीले समाधान गर्नेछ ।’

मन्त्री भुसालले महिनावारी हुँदा महिलालाई हेप्ने समाजको दृष्टिकोणलाई परिवर्तन गर्न आवश्यक रहेको बताइन् । उनले महिला महिनावारी हुनु भनेको कुनै नराम्रो कुरा नभई महिला भएको परिपक्वताको टुङ्गो लागेको बताइन्। मन्त्री भुसालले महिनावारी हुनु पाप नभई गर्वको कुरा भएको भन्दै पछिल्लो समय सोचमा परिवर्तन भइरहेको बताइन् । उनले स्यानिटरी प्याडको निःशुल्क वितरणसँगै विद्यार्थीहरू अध्ययनबाट वञ्चित हुन नपरेको बताउनु भयो । मन्त्री भुसालले अझै सहरमै पनि महिला महिनावारी हुँदा विभिन्न समस्या भोगिरहनुपरेको भन्दै यसबिरुद्ध सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको बताइन् । महिनावारी स्वच्छता दिवसको अवसरमा आज काठमाडौँको वसन्तपुरदेखि ललितपुरको मंगलबजारसम्म वृहत् र्‍यालीसमेत भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप