निर्देशनबाट पुनरागमन गर्दै इमरान खान
मुम्बई/ फिल्म ‘जाने तू या जाने ना’ बाट बलिउडमा डेब्यू गरेका अभिनेता इमरान खान फिल्मबाट अहिले टाढा छन् । अभिनेता आमिर खानका भाञ्जासमेत रहेका इमरान सामाजिक सञ्जालमा पनि उति सक्रिय छैनन् । अब भने इमरानले फिल्ममा पुनरागमन गर्ने तयारी गरेका छन् ।
इमरानको फिल्मी पुनरागमन अभिनेताका रुपमा नभई निर्देशकका रुपमा हुँदैछ । इमरान अभिनित पछिल्लो फिल्म ‘कट्टी बट्टी’ सन् २०१५ मा रिलिज भएको थियो । यो फिल्मले बक्सअफिसमा खासै कमाल देखाउन सकेन । फिल्म असफल भएपछि उनी पनि अभिनय करियरबाट टाढिएका थिए । फिल्मबाट टाढिएपछि उनले प्रेमिका अवन्तिकासँग विवाह गरे । तर, दुर्भाग्य अहिले अवन्तिकासँगको सम्बन्धविच्छेदका कारण इमरान चर्चामा छन् ।
इमरान निकटका अनुसार उनी अब निर्देशनमार्फत फिल्ममा फर्कने तयारीका लागि स्क्रिप्टको काम गरिरहेका छन् । उनी सन् २०२३ बाट सुटिङ सुुरु गर्ने योजनामा छन् । ‘इमरान लामो समयदेखि निर्देशनमा आउन चाहन्थे । उनलाई अब अभिनयभन्दा पनि निर्देशनमा आउने चाहना छ । त्यही चाहना पूरा गर्न जोडतोडका साथ काम गरिरहेका छन्,’ उनी निकट स्रोतले भन्यो । उनी आफूले निर्देशन गर्ने फिल्ममा अभिनय गर्छन् या गर्दैनन् भन्ने चासो आम दर्शकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन