२० वर्षपछि रिहा भइन् जापानी रेड आर्मी समूहका सह–संस्थापक
शनिबार, १४ जेठ २०७९, १४ : १०
२० वर्षको जेल जीवनपछि जापानको रेड आर्मी लडाकु समूहका सह–संस्थापक रिहा भएकी छिन् । सन् १९७४ मा फ्रान्सेली दूतावास घेराउमा उनको भूमिकालाई लिएर सरकारले फुसाको शिगेनोबुलाई जेल सजाय तोकेको थियो ।
सन् २००० मा ओसाकामा पक्राउ पर्नुअघि ७६ वर्षीय शिगेनोबुल प्रहरीलाई छलेर दशकौंसम्म पक्राउबाट जोगिएकी थिइन् । उनको समूहले ‘हाइ प्रोफाइल’ आतङ्ककारी कार्यमार्फत विश्वव्यापी समाजवादी क्रान्तिलाई उक्साउने लक्ष्य राखेको थियो ।
समूहका कार्यकर्ताले शृङ्खलाबद्ध बन्धक बनाउने, अपहरण गर्ने र इजरायली विमानस्थलमा घातक हमला गरेको थिए । सन् १९७४ मा हेगस्थित फ्रान्सेली दूतावासमा भएको आक्रमणको लागि उनलाई २० वर्ष जल सजाय तोकिएको थियो । सो घटनामा रेड आर्मीका तीन जना लडाकुहरूले राजदूत र अन्य धेरैलाई १०० घण्टासम्म बन्धक बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय